भारत विहारको सीतामढीलगायत सात जिल्लामा आइतवार भईरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राखि नेपाल भारत सीमा नाका सील गरिएको छ।
भारतको विहार राज्यको सीतामढी जिल्लासँग ३५ किलोमीटर सीमा जोडिएको महोत्तरीको जलेश्वर नगरपालिका तथा नैन्ही, बथनाहा, कट्टीकटैया,सम्सी, खैरबन्नी, रघुनाथपुर सहित १० गाउँ विकास समितिको सीमा सिल गरिएको छ। विधान सभा निर्वाचनमा शान्ति सुरक्षा कायम गराउन भारतीय सुरक्षा निकायको आग्रहमा ४८ घण्टाका लागि भारतको सितामढी जिल्लासँग सिमा जोडिएका महोत्तरी जिल्लाको सिमा सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादवले बताए।
नाकामा नेपाल भारत तर्फका उल्लेख रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अत्यावश्यक सेवा बाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थ को बेच विखनमा रोक लगाइएको छ।
नेपाल तर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। निर्वाचनमा नेपाली तथा भारतीय अपराधीक पृष्टभूमिका व्यक्तिहरुले गडबडी उत्पन्न गर्न सक्ने भएकाले भारतीय पक्षको आग्रहमा नेपाली सुरक्षाकर्मीले सिमावर्ती क्षेत्र मा कडा सुरक्षा अपनाइएको हो।
नाकामा भारतीय सुरक्षाकर्मीले शनिबार साँझदेखि कडाई गर्नथाले देखि आवागमन ठप्प पारेको हो। भिठामोडस्थित सीमा सुरक्षा बलका सव इन्सपेक्टर रमेश शर्माले आईतवार साँझ ८ बजेसम्म सीमा सील गर्न निर्देशन आएको बताए। चुनावी घटनाक्रम हेरी यो समय बढन पनि सक्छ, उनले भने, आपतकालीन अवस्थामा भने दुवैतर्फ सुरक्षाकर्मीसंग समन्वय गरि आवतजावत गर्न दिईने ब्यवस्था मिलाईएकेा छ।
नाका सील गरिएपछि सीतामढी जिल्लासँग सीमा जुटेका नेपालका महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रमा दिनभर जसो नै सर्वाधारणले सास्ती उठाउनु परेको छ। आवागमन ठप्प पारिएपछि भारतीय बजार पनि सुनसान झै थियो। सव ईन्सपेक्टर शर्माकाअनुसार निर्वाचन हुने विहारका जिल्लामध्ये सीतामढी र पूर्वि चम्पारण नेपालसंग जुटेको तथा मुजफरपुर, सीवान , शिवहर, गापालगंज र पश्चिमी चम्पारण नेपालनजिक रहेकाले सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको हो।
सीमानजिक सीसी क्यामेराबाटसमेत निगरानीको ब्यवस्था मिलाईएको छ। निर्वाचनकालागि स्थानीय प्रहरीबाहेक एसएसवी, विहार मिलेट्टि पुलिस, केान्द्रिय रिजर्भपुलिस (सीआरपी) लगायतका अर्ध्दसैनिक बलको व्यापक उपस्थिति रहको छ। त्यहाँका अपर मूख्य निर्वाचन पदाधिकारी आर लक्षमणले संचारकर्मीलाई दिएकेा जानकारीअनुसार मतदानको ४८ घण्टाअघिदेखि चुनावी प्रचार गर्ननपाईने कानूनी ब्यवस्थालाई कडाईका साथ पालना गराउन शुक्रवार साँझदेखि निर्वाचन प्रचारप्रसारमा रोक लगाईएकेा छ।
निगरानी र अनुगमन बढाईएको उनले बताए। मतदानलाई शान्तिपूर्णंमा सम्पन्न गराउन सीमा क्षेत्रमा विहानैदेखि सुरक्षाकर्मीको बाक्लेा उपस्थिति छ। आपराधिक गतिविधि नियंत्रण , सूचना आदान प्रदान र अवांञ्छित कृयाकलाप नियंत्रणमा दुवैतर्फका सुरक्षा निकायवीच सहकार्यको सहमति भएकेा छ।
विहारको विधानसभा निर्वाचनको चौथो चरणअर्न्तगत आईतवार सात ७ जिल्लामा ६८ लाख ५७ हजार महिलासहित १ करोड ४७ लाख मतदाता रहेकेा त्यहाँको निर्वाचन पदाधिकारीको कार्यालयले जनाएकेा छ। यी जिल्लामा ५५ विधानसभा सीटका लागि भईरहेको निर्वाचनमा ७ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्ा।
भारतीय एसएसबीले भारतको सीमासँग जोडिएको महोत्तरीका विभिन्न नाकाहरुमा सूरक्षा व्यवस्था कडा पारी चेकजाँच शुरु गरिएको छ। सुरक्षा स्थितलाई ध्यानमा राखि भारतले सिमामा रहेको प्रहरी चौकीहरुलाई पनि हाईएलर्ट गरेका छन भने नेपाल तर्फको सुरक्षाकर्मीहरुले पनि सिमामा कडाईका साथ चेक जाँच गरेका छन। महोत्तरीको वोर्डरक्षेत्रमा एसएसवी जवान , सशस्त्र प्रहरी र नेपाल प्रहरीको ज्वाईन्ट पेट्रोलिङ्ग समेत शुरु गरिएको छ।
चेक जाँचको लागि डाँग स्क्वाँयडपनि तैनाथ गरिएको छ भने नाईट विजन कैमराबाट पनि ग्रामीण क्षेत्र सम्म नजर राख्ने काम भएको छ।साथै सिमा संगै रहेको भारतीय र नेपाली गाउँका स्थानियलाई आ आफनो घरमा पनि संदिग्धलाई वास बस्न नदिन सूचना जारि गरिएको छ। सिमामा रहेको दुवैं तर्फको बाजार होटल र लाँजहरुमा निगरानी बढाइएको छ। सेतोपाटीमा समाचार छ ।