विद्यालय बन्द गरी आन्दोलनमा झन्डा बोकेर हिँडेका शिक्षकलाई तत्काल कारवाही गर्न सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले विद्यालय बन्द गरी आन्दोलनमा झन्डा बोकेर हिँडेका शिक्षकलाई तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।
 
विद्यालय शान्ति क्षेत्र हो भन्न्ने जानकारी हुदाँहुँदै आन्दोलनमा लागेका शिक्षकलाई तत्काल कारवाही गरी आयोगलाई जानकारी दिन आइतबार निर्देशन दिएको हो। आयोगको स्थलगत अनुमगनका क्रममा शिक्षकले चरम लापबाही गरी विद्यालय बन्द गराएर शिक्षा पाउने बालबालिको अधिकार हनन् गरेको भन्दै तत्काल कारबाही गर्न भनेको हो। आन्दोलनमा लागेका शिक्षकको विवतरण उतारी अविलम्व कारवाहीको प्रक्रिया सुरु गर्न अयाोगले सरकारलाई यस्तो निर्देशन दिएको हो।
बन्दका कारण लाखौं बालबालिकाको भविष्य अन्योलतातर्फ धकेलिएको भन्दै यस्तो निर्देशन दिएको हो। आयोगले संविधान जारी भएपछि तराई मधेशमा चलेको आन्दोलनको स्थलगत अध्ययन पछि जारी गरेको रिर्पोटमा सरकार र आन्दोलनकारी दुवै पक्षले अन्तराष्ट्रिय कानुनको उल्लघन गरेको देखिएको छ। सरकारले आन्दोलनमा बार्तावाट सामाधान भन्दा बल प्रयोगमा ध्यान दिएको र आन्दोलनरत पक्षले विद्यालय, अत्यावश्यक सामाग्रीको निर्यातमा अवरोध र घरेलु हतियार लिई प्रर्दशन गरेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आयोगको अनुगमनका क्रममा आन्दोलनका क्रममा १८ महिने नाबालक सहित ४९ जनाको ज्यान गएको उल्लेख छ । कम्तिमा ७ सय २९ जना नागरिक आन्दोलनका क्रममा घाइते भएको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ । नागरिकन्युजमा समाचार छ ।