प्रधानमन्त्री केपी ओलीले सरकार वार्ताबाट असन्तुष्ट पक्षका जायज माग पूरा गर्न लचिलो भएको बताएका छन् ।
जिफन्टको ५औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार अत्यन्तै लचिलो भएर माग सुन्न र जायज माग पूरा गर्न तयार रहेको बताए ।
उनले कसैले जिद्दी गरेर देश र जनताको अहित हुने काम गरे सरकारलाई स्वीकार्य नहुने पनि प्रष्ट पारे ।
असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्ने दिशामा नेपाली कांग्रेसको पनि सकारात्मक भूमिका रहने विश्वास लिएको प्रधानमन्त्रीको ओलीको भनाइ थियो ।
उनले नेपालीले नेपालीकै लागि बनाएको संविधान कुनैपनि मित्रकाविरुद्ध नभएकाले चित्त नदुखाउन पनि आग्रह गरे ।
नेपालमा बामपन्थीहरुको वर्चश्व कामय भएको भन्ने टिप्पणीलाई भने उनले