वीरगन्ज नाका ठप्प भएसँगै भारतसँगका अन्य नाकाहरु पनि बन्द हुन थालेका छन् ।
सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण सोमबार जोगवनी-विराटनगर नाकामा कडाइ गरिएको छ भने पश्चिम नेपालका दुई ठूला नाका रुपैडिया-नेपालगन्ज र सुनौली-भैरहवा पनि बन्द गरिएका छन् ।
भारतीय सीमा सुरक्षा बलले माथिको आदेश भन्दै सुरक्षाको कारण देखाएर नाका बन्द गरेको हो । यी नाकामा आन्दोलन, प्रदर्शन र धर्ना भने भएको छैन ।
उता, पूर्वी नाका जोगवनीमा भने चारपांग्रे सवारी-साधानको आवतजावमा रोक लगाइएको छ ।
सीमा नाकाभन्दा १५ किलोमिटर दक्षिण फारविसगन्जमा चुनावी सभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम भएकाले सीमामा उच्च सर्तकता अपनाइएको भारतीय सुरक्षाकर्मीले बताएका छन् । इमेजखबरमा समाचार छ ।