६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ए क्याप्सुल खुवाईंदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ वटै जिल्लामा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटाउन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधी खुवाउने कार्यक्रम तय गरेको हो ।
मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार झन्डै २७ लाख बालबालिकालाई जुकाको औषधी पनि खुवाउने लक्ष्य राखिएको छ ।
भिटामिन ए र जुकाको औषधी खुवाउने अभियानका कारण हरेक वर्ष झन्डै १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बच्न सहयोग पुग्दै आएको राष्ट्र संघीय बालकोषको अध्ययनले देखाएको छ । इमेजखबरमा समाचार छ ।