रसुवाको चिलिमेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु, कयौ घाइते
कार्तिक १७ गते, २०७२ मा प्रकाशित
रसुवाको राम्चे गाउँ विकास समितिको ग्राङमा मंगलबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा २९ जनाको र उपचारका क्रममा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बस चालकबाहेक अन्य मृतकहरुको सनाखत हुने सकेको छैन ।
दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको साथमा रहेका अन्दाजी दुई वर्षका बालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धुन्चे अस्पताल, त्रिशुली अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते केहीलाई काठमाडौं पठाइएको छ । रसुवा र नुवाकोटबाट गएका प्रहरीहरुले भीरबाट शव निकाल्नुका साथै घाइतेहरुलाई उद्धार गरेका थिए ।
बा३ख ५७०६ नम्बरको बस दिउँसो पौने १ बजेतिर दुर्घटनामा परेको हो । इन्धन अभाव र रसुवा जाने पहिलो बस भएकाले यात्रुहरुको अत्यधिक चाप रहेकाले दुर्घटनामा धेरै मानवीय क्षति भएको बताइएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । इमेजखबरमा समाचार छ ।