पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराई निकटका ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी छोडका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर उनीहरुले पार्टी पुरानै शैलीमा चल्न खोजेकोले नयाँ वैकल्पिक शक्तिको आवश्यक्ता रहेको भन्दै पार्टी त्यागको पत्र बुझाएका हुन् ।
पार्टी छाड्नेहरुमा नेताहरु देवेन्द्र पौडेल, भट्टराई पत्नी हिसिला यमी, रामचन्द्र झा, गंगा श्रेष्ठ, नवराज श्रेष्ठलगायत ४५ जना केन्द्रीय सदस्यहरु छन् । पार्टी त्याग गर्नेहरुमा सांसद भने छैनन् ।
पार्टी कार्यालयमा बुझाएको पत्रमा पार्टी त्याग गरेको भन्ने स्पष्ट नखुलाइएको भएपनि पार्टीमा बसिरहन नसक्ने उल्लेख छ । तर, आफूहरु नयाँ शक्ति निर्माणको पक्षमा रहेकोले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग मिलेर काम गर्ने नेता देवेन्द्र पौडेलले बताए ।
उनले सुधारिएको संसदीय व्यवस्थाको विकल्पमा नयाँ शक्ति निर्माण गरिने पनि बताए ।
नयँ शक्ति निर्माणमा लाग्नेहरुको संख्या बढ्ने दावी गर्दै उनले अन्य पार्टीबाट पनि थुप्रै नेता