नेपालस्थित भारतीय दुतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डलले सोमबार विराटनगरमा दिएको अभिव्यक्ति आधारहीन र उत्तेजक भएको बताएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै दूतावासले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दिएकेा अभिव्यक्तिले नेपाल भारतको सम्बन्ध बिगार्न सक्ने उल्लेख गरेको छ।
मन्त्री मण्डलले सोमबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै भारतले नेपालमा विना बर्दीका सेना पठाउन लागेको अभिव्यक्ति दिएका थिए। सेतोपाटीमा समाचार छ ।