रसुवाको राम्चे गाविसको ग्राङमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुनेहरुको शव आफन्तहरुले बुझेका छन् ।
स्थानीय प्रशासनले जिल्ला अस्पताल रसुवामा राखेका ३० ओटा शव सनाखत गरी आफन्तहरुलाई बुझाइएको हो । दुर्घटनामा मृत्यु भएका अरु ६ भनेजनाको सनाखत हुन बाँकी छ ।
बुधबार बिहान बसेको जिल्लास्थित राजनीतिक दल तथा सुरक्षा निकायको संयुक्त बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने र घाइतेहरुको उपचार खर्च पासाङ ल्ह्यामु यातायात व्यवसायी समितिले व्यहोर्ने निर्णय गरेको छ ।
रसुवाको ग्राङमा मंगलबार भएको बस दुर्घटनामा ३६ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घटनास्थलमा २९, उपचारका क्रममा रसुवा अस्पतालमा एक र नुवाकोटको त्रिशुली अस्पतालमा थप पाँचजनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । बा३ख ५७०६ नम्बरको बस मंगलबार बिहान काठमाडौंबाट रसुवाको चिलिमेतर्पm जाँदै गर्दा दुर्घटना भएको थियो ।
इन्धन संकटले गर्दा बसले धेरै यात्रु बोक्नुपर्ने बाध्यता रहेको र सडकसमेत मर्मत नभएकाले दुर्घटना भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । इमेजखबरमा समाचार छ ।