रसुवाको ग्राङ बस दुर्घटनामा परी मृत्यु हुनेहरुलाई किरिया खर्च २५ हजार, घाइतेको उपचार खर्च समितिले व्यहोर्ने निर्णय

रसुवाको राम्चे गाविसको ग्राङमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुनेहरुको शव आफन्तहरुले बुझेका छन् ।
स्थानीय प्रशासनले जिल्ला अस्पताल रसुवामा राखेका ३० ओटा शव सनाखत गरी आफन्तहरुलाई बुझाइएको हो । दुर्घटनामा मृत्यु भएका अरु ६ भनेजनाको सनाखत हुन बाँकी छ ।
बुधबार बिहान बसेको जिल्लास्थित राजनीतिक दल तथा सुरक्षा निकायको संयुक्त बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने र घाइतेहरुको उपचार खर्च पासाङ ल्ह्यामु यातायात व्यवसायी समितिले व्यहोर्ने निर्णय गरेको छ ।
रसुवाको ग्राङमा मंगलबार भएको बस दुर्घटनामा ३६ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घटनास्थलमा २९, उपचारका क्रममा रसुवा अस्पतालमा एक र नुवाकोटको त्रिशुली अस्पतालमा थप पाँचजनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । बा३ख ५७०६ नम्बरको बस मंगलबार बिहान काठमाडौंबाट रसुवाको चिलिमेतर्पm जाँदै गर्दा दुर्घटना भएको थियो ।
इन्धन संकटले गर्दा बसले धेरै यात्रु बोक्नुपर्ने बाध्यता रहेको र सडकसमेत मर्मत नभएकाले दुर्घटना भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । इमेजखबरमा समाचार छ ।