प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा उपप्रधानमन्त्री ६ जना भएका छन् ।
स्रोतका अनुसार एमालेबाट ५, माले र जनमोर्चाबाट एक एक मन्त्री थपिएका छन् । माले अध्यक्ष सीपी मैनालीलाई उपप्रधानसहित महिला, बालबालिका तथा समाकल्याण र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानसहित गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
केसी पार्टीको केन्द्रीय समितिको सिफारिसमा प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा गएका हुन्।
विदेशी हस्तक्षेप बढिरहेको र नाकाबन्दीकै कारण राष्ट्रियता संकटमा परेको अवस्थामा राष्ट्रियताको रक्षाका लागि आफू मन्त्रिमण्डलमा गएको केसीले बताए। राष्ट्रियताका पक्षधरहरूको सरकार बनेको र आफू पनि राष्ट्रियता बचाउन लागि परेकले सरकारमा जाने निर्णय भयो, उनले भने,संविधानका सकारत्मक पक्षको कार्यान्वयन गर्न पनि आफू सरकामा आउनु परेको हो।
एमाले उपाध्यक्ष भीम रावललाई उपप्रधानसहित सहरी विकास, उपमहासचिव विष्णु पौडेललाई अर्थ, केन्द्रीय सदस्य शेरधन राईलाई सूचना तथा प्रविधि नेता आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि बिना विभागीय मन्त्रीको सपथ लिइसकेका सत्यनारायण मण्डलाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बिना विभागीय मन्त्रालयमा सपथ लिएका विश्वेन्द्र पासवानलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ । सेतोपाटी/ ईकान्तिपुरमा समाचार छ ।
अष्टलक्ष्मीले मानिनन्
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने मन्त्री बन्न अस्वीकार गरेकी छन् । श्रम तथा रोजगार मन्त्रालय मन्त्री बन्न प्रस्ताव गरे पनि शाक्यले अस्वीकार गरिन् ।
सोतका अनुसार पार्टी उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्रीको सन्देशसहित मन्त्री बन्न प्रस्ताव गरेका थिए ।