नेपाल-भारत सीमा क्षेत्रमा भएको तनावले गम्भीर मानवीय संकट निम्त्याउन सक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विहीबार एक विज्ञप्ति जारी गर्दै सीमामा उत्पन्न अवरोधका कारण भूकम्प प्रभावित क्षेत्रहरुमा इन्धन, औषधि र खाद्यान्नको गम्भीर अभाव सिर्जना भएको जनाएको हो ।
विज्ञप्तिमा यस संकटलाई समाधान गर्न संलग्न सबै पक्षलाई आफ्ना प्रयत्नहरु दोब्बर बनाउन आग्रह गरिएको छ । इमेजखबरमा समाचार छ ।