प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अहिले आयातित समस्या भोगिरहेको बताउदै कुनै पनि हालतमा नेपालीहरू नझुक्ने बताएका छन् । ओलीले शुक्रबार नेपाल पत्रकार महासंघको टोलीसँगको भेटमा भने, राष्ट्रिय एजेन्डामा झुक्दैनौं ।
ओलीले थपे, यो समस्या (नाकाबन्दी) केहि मान्छेले आयातित एजेन्डा बोकेको कारण भएको हो । उनले भारतले गरेको अघोषित नाकाबन्दीलाई लक्षित गरेर भने, अघोषित नाकाबन्दीले नेपाल समस्यामा छ । तर यहि बेलामा हामीले विकल्प खोज्नु पर्छ ।
प्रधानमन्त्री ओलीले ट्रली बस जस्ता यातायातलाई फेरि सञ्चालनमा ल्याउने र अन्य विद्युतीय सवारी साधनलाई चल्न/चलाउने जोड दिने सरकारको रण्ानीति टोलीलाई जानकारी दिएको महासंघकी उपाध्यक्ष अनिता बिन्दुले जानकारी दिइन् ।
ओलीले मधेश-तराईमा आन्दोलनरत दलहरूसँग वार्ता गरेर समस्याको समाधान गर्ने पनि बताए । उनले भने, हामीले मधेश-तराईमा आन्दोलनरत दलहरूलाई वार्तामा आउन जोड दिएका छौं ।
मिडियाको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भने, मिडियाले व्यवस्था परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । मिडिया स्वतन्त्र हो । मिडिया जिम्मेवार हुनु पर्छ, अराजक हुनु हुदैन । ईकान्तिपुरमा समाचार छ ।