भारतीय नाकाबन्दीका कारण इन्धन आयात ठप्प

 भारतीय नाकाबन्दीका कारण प्रमुख व्यापारिक नाकाबाट शुक्रबार पनि आयात सहज हुन सकेन । भारतबाट केही सामान भित्रिए पनि इन्धन आयात ठप्प रह्यो ।
शुक्रबार साँझसम्म धनगढी-गौरीफन्टा नाकाबाट एउटा हवाई इन्धनको ट्यांकर र एक ट्यांकर डिजेल तथा काँकडभिट्टा नाकाबाट एउटा ग्यासको बुलेटबाहेक अन्य कुनैपनि नाकाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रिएनन् ।
यस्तै, नेपालगन्ज-रुपैडिहा नाकाबाट पेट्रोलियम पदार्थ बोकेका बाहेकका सवारी-साधन मात्र नेपाल भित्रिएका छन् ।
शुक्रबार भैरहवा-सुनौली नाकाबाट केही मालबाहक गाडी नेपाल भित्रिए पनि पेट्रोलियम पदार्थ भने भित्रिएको छैन ।
उता, विराटनगर-जोगबनी नाका शुक्रबार बिहानबाट खुल्ला भएपनि सवारी-साधन नेपाल आएका छैनन् ।
भारत बिहारको निर्वाचनको बहानामा सोमबारदेखि यो नाका बन्द गरिएको थियो । इमेजखबरमा समाचार छ ।