फेरि भारतीय दूतावासद्धारा उपप्रम सिपी मैनालीको अभिव्यक्ति प्रति खण्डन

भारतीय दूतावासले उपप्रम सिपी मैनालीको अभिव्यक्ति प्रति खण्डन गरेको छ। शनिबार राजधानीको एक कार्यक्रममा मैनालीले बोलेको भनाइ प्रति असहमति जनाउँदै मन्त्रीले दिएको हिमाल, पहाड र तरार्इ अलग गराएर सामाजिक सद्भाव विगार्ने काममा भारत लागेको भनी उपप्रधान तथा महिला बालबालिकामन्त्री सिपी मैनालीले दिएको अभियव्यक्तिको खण्डन गरेको छ।
भारतीय नाकाबन्दीबारे नेपाल सरकारका मन्त्रीहरुले भारतको कार्यशैलीप्रति कडा अभिव्यक्ति दिन थालेपछि दूतावासले निरन्तर खण्डन निकालेको हो।
यसअघि दूतावासले शनिबार पनि उपप्रधानमन्त्री चित्रबहादुर केसीको अभिव्यक्ति प्रति खण्डन गरेको थियो।
यहाँ रहेको मूल समस्यबाट ध्यान हटाउनका लागि तथा भारत र नेपालबीचको सदियौं पुरानो ऐतिहासिक, पारिवारिक र सांस्कृतिक सम्बन्लार्इ धमिल्याउने गरी आएको यो निराधार र दुर्भावनापूर्ण अभिव्यक्तिको दूतावास निन्दा गर्दछ