सरकार र आन्दोलनमा रहेको मधेशी मोर्चावीच औपचारिक बार्ता हुने

सरकार र आन्दोलनमा रहेको मधेशी मोर्चावीच सोमवार औपचारिक बार्ता हुने भएको छ।  सरकारी बार्ता टोली र आन्दोलनर वार्ता सोमवार दिउँसो १ बजे  परराष्ट्रमन्त्रालयमा हुने तय भएको उपप्रधान एबं परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिए ।
संघीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याका  आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका माग राख्दै डेढ महिना यता तराई बन्द तथा भारतसँगको मूख्य नाकाहरुमा आन्दोलनमा गर्दै आएको छ।
आन्दोलनरत मोर्चाले जारी भएको संविधानमा आफ्ना माग नसमेटिएकाले आफूहरु आन्दोलनमा आउन बाध्य भएको र माग पूरा नभएसम्म आन्दोलनसंगसंगै वार्तालाई अघि बढाउने वताउँदै आएको छ।
 
सरकारले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गठन गरेको सरकारी वार्ता टोली र आन्दोलनरत मधेशी मोर्चावीच पटक पटक छलफल भएपनि सहमति हुन सकेको छैन। सरकारी टोलीसँगको वार्ताका क्रममा आन्दोलनरत मधेशी मोर्चाले सरकारी वार्ता टोलीसँगमात्रै आफूहरु छलफल नगर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सहितको वार्तामा मात्रै बस्ने बताएको थियो । सेतोपाटीमा समाचार छ ।