यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा , नेवार समुदायको मह:पूजा पनि धुमधामले मनाइदै

यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइँदैछ । आजका दिन घर आँगनमा गाईको गोवर र रातो माटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । ग्रामीण भेगमा घरदेखि गोठसम्म तोरण टाङने गरिन्छ ।
द्वापरयुगमा भगवान श्रीकृष्णले आफ्नो हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले सोही बेलादेखि गोवद्र्धन पर्वतको पूजा गर्ने चलन रहेको धार्मिक विश्वास छ । गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
यस्तै नेवार समुदायले आफ्नो शररिलाई पूजा गरी आज मह : पूजा मनाउदैछन् । नेपाल सम्वत अनुसार प्रत्येक वर्ष कछलात्व पारु अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिमा नेवार समुदायले मह : पूजा अथार्त आफ्नो शरीरको पूजा गरी सगुन लिन्छन् । परिवारका मुली महिलाले सवै सदस्यको शरीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गर्ने परम्परा छ ।
यो पर्वमा परिवारका प्रत्येक सदस्यलाई पूर्वसम्मुख पारेर एक