भारतीय राजदूतलाई प्रक्रिया पुर्‍याएर देशनिकाला गर्न एमाले नेताको माग

भारतीय राजदूत रन्जित राय नेपालभित्र लगातार विवादित बन्दै गएका छन् । पछिल्लो समय सञ्चारमाध्यमहरु मार्फत उनले दिइरहेका राजनीतिक अभिव्यक्तिले गर्दा उनको तीव्र आलोचना हुन थालेको छ ।
राजदूत रायका गतिविधिलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य थापाले कडा अभिव्यक्ति दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजदूतलाई देशनिकाला गर्नुपर्ने माग गरेका छन् ।