भाइटिकाको दिन भीडभाड हुने राजधानीको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर मन्दिर यसबर्ष बन्द रह्यो ।
हरेक बर्ष भाईटीकाको दिन घुईचो हुने यमलेश्वर यस बर्षको भाईटीकामा भने सुनसान प्राय रह्यो । मन्दिर हाता भित्र प्रवेशमा रोक लगाएपछि दर्शनार्थीहरु मन्दिरको पेटीमा बसेर फोटोमा दर्शन गरी टीका ग्रहण गरेका छन् । मन्दिर प्रवेशमा रोक लगाईएको भएपनि उल्लेख्य संख्यामा उपस्थिति भएका दर्शनार्थीहरुले मन्दिरको पेटीमा परिक्रममा गरी बाहिरबाट नै दर्शन गरी चित्त बुझाएका छन् ।
रानीपोखरीको बीचमा रहेको यमलेश्वर मन्दिर बैशाख १२ गतेको महाभुकम्पका कारण क्षतिग्रस्त बनेको थियो । भुकम्पको ६ महिना वितिसक्दा पनि सो मन्दिर पुर्ननिर्माणमा सरकारले चासो देखाएको छैन । बर्षको एक दिन भाईटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुल्ला गरिने यस मन्दिरमा दिदीभाई नहुनेहरुले दर्शन गरी त्यहाँ रहेका दिदीभाई सँग टीका लगाउने गर्छन् । सेतोपाटीमा समाचार छ ।