प्रधानमन्त्री ओलीले भाईटीकाको शुभ साईतमा दिदी बहिनीको हातबाट भाईटीका लगाए

प्रधानमन्त्री केपी शर्मा ओलीले भाईटीकाको शुभ साईतमा दिदी बहिनीको हातबाट भाईटीका लगाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाईतमा टिका ग्रहण गरेका हुन्। उनले ७५ बर्षिया दिदी विष्णुमाया सिवाकोटी र बहिनी ६२ बर्षिया विष्णुमाया ढकालको हातबाट टिका ग्रहण गरेका हुन्।
टीका लगाएपछि दिदी बहिनीले प्रधानमन्त्री ओलीलाई टोपी लगाई सगुन स्वरुप सेल रोटी, दही,फलफूल, विभिन्न प्रकृतिका मिठाई, ओखर, कटुस, काजु, बदाम, लगायत भाई मसला दिएका छन्।
भाईटीकामा दिदी बहिनीले दाजुभाईलाई टीका लगाएपछि सगुन स्वरुप, सेल रोटी, ओखर, कटुस, काजु, बदाम, नरिवल लगायत मसला दिने चलन छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नै ओलीले टीका ग्रहण गरेका हुन्।
यस्तैं नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले शुक्रबार शुभ साईतमा भाईटीको ग्रहण गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले शुक्रबार भाईटीकाको दिन ११ बजेर ५५ मिनेटको शुभसाईतमा टीका ग्रहण गरेका हुन्। खनालले साहित्यकार श्याम प्रसाद शर्माकी छोरी सपना शर्माको हातबाट टीका लगाएका हुन्। खनालले लामो समय देखि सपनाको हातबाट टीका लगाउँदै आएका छन्। टीका ग्रहण पश्चात संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै खनालले भाईटीकाले धार्मिक परम्परालाई कायम राख्दै दिदीभाईबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले आफ्नै निवास डल्लुमा टीका लगाएका हुन्। सेतोपाटीमा समाचार छ ।