सप्तरीमा कार्यरत प्रहरीले कार्यालय परिसरमै भाइटीका मनाए

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरीले शुक्रबार कार्यालय परिसरमै भाइटीका मनाएका छन् ।
भाइटीकामा महिला प्रहरीले प्रहरी उपरीक्षक भीमप्रसाद ढकालसहितका प्रहरीहरुलाई टीका लगाएर भोजन गराएका थिए ।
कार्यक्षेत्रमै पर्व मनाउँदा आपसमा हार्दिकता बढ्ने र परिवार भेट्न नपाउँदाको खल्लोपन केही कम हुने भएकाले यसरी भाइटीका मनाइएको प्रहरी उपरीक्षक ढकालले बताए । इमेजखबरमा समाचार छ ।