उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता असान्दर्भिक भएको पुष्टि भइसकेको बताएका छन् ।
राजधानीमा शनिबार गरिएको साक्षात्कारमा उपप्रधानमन्त्री केसीले संघीयताको नारा बोक्नेलाई समेत यो विषय महसुस भइसकेको दाबी गरे ।
उपप्रधानमन्त्री केसीले अरुको राय सल्लाहविनै सरकार पनि आफैं गठन गर्ने र संविधान पनि आफैं बनाउने नियतका कारणले मुलुक गम्भीर संकटमा परेको दाबी गरे ।
उनले हिमाल, पहाड र तराई एक अर्कामा निर्भर रहेको भन्दै राष्ट्रको अखण्डता र सार्वभौमसत्ताप्रति कुनै शक्तिसँग घुडा टेक्न नहुने बताए ।
जनताको अगुवाई गर्नेहरुको अदुरदर्शीताका कारण नाकावन्दीको समस्या मुलुकले झेल्नुपरेको उनको गुनासो थियो ।
उपप्रधानमन्त्री केसीले कुटनीतिक र राजनीतिक संवादबाटै समस्याको समाधान खोज्नुको विकल्प नभएको पनि बताए । इमेजखबरमा समाचार छ ।