प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणको भत्सर्ना गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्दलाई समवेदना सन्देश पठाएर आक्रमणमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि र समवेदना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले ओलीले यो आक्रमण फ्रान्सका नागरिकमाथि मात्र नभइ सम्पूर्ण लोकतान्त्रिक समाजमाथिको आक्रमण भएको सन्देशमा उल्लेख गरेका छन् ।
उनले आतंकवादको यस्तो कायरतापूर्ण कदमले विश्वव्यापी मूल्यलाई पराजित गर्न गर्न नसक्ने र फ्रान्सका जनताको मनोबल कमजोर बनाउन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आततायी आक्रमणमा दोषी रहेकाहरुमाथि कानुनको कठघरामा ल्याइने विश्वास व्यक्त गर्दै आतंकवादी लडाइँमा नेपालको ऐक्यबद्धता रहने प्रष्ट पारेका छन् । इमेजखबरमा समाचार छ ।