विधान सभा निर्वाचन लगत्तै भारतले इन्धन आयातमा खुकुलो गरेको छ। पूर्वको जोगवनी नाकावाट चार दिनमा १ सय ७६ ट्यांकर इन्धन भित्रिएको छ ।
विराटनगर भन्सारका प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार बुधवार देखि शनिबार सम्ममा यो नाकावाट १ सय १० ट्यांकर डिजल, ५३ ट्यांकर पेट्रोल र २७ बुलेट ग्याँस भित्रिएको छ। भन्सारका अनुसार यो अवधीमा औधोगिक कच्चा पदार्थ र व्यापारीक सामान बोकेका करिब ६०० कन्टेनर पनि भित्रिएका छन्।
यो नाकामा सामान्य अवस्थामा दैनिक सरदर ४० ट्यांकर पेट्रोलियम र ८ बुलेट ग्याँस भित्रिने गरेको विराटनगर भन्सारको तथ्याङकमा छ।
कुनै अवरोध छैन। अहिले गाडीहरू सहजै आउजाउ गरिरहेका छन्, भन्सार प्रमुख बस्नेतले भने,