नेपालमै पहिलो पटक साझा बसद्धारा आफ्ना यात्रुहरुलाई लक्षित गर्दै स्मार्ट- कार्डको थालनी

नेपालमै पहिलो पटक साझा बसले आफ्ना यात्रुहरुलाई लक्षित गर्दै स्मार्ट- कार्डको थालनी गरेको छ। बसमा चढ्दा पैसा बोक्नु नपर्ने र सोही स्मार्ट कार्डबाट पैसा चुक्ता हुने गरी यो व्यवस्था पहिलो पटक नेपालमा थालनी गरिएको हो। सेतोपाटीमा समाचार छ ।
 
साझा यातायातको कार्यालय पुल्चोकमा एक कार्यक्रमकाबीच स्मार्ट कार्डको उद्घाटन तथा परीक्षण गरिएको छ। कार्ड परीक्षणको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सीईओ देवेन्द्रप्रताप शाह र भारतीय नुस्पेका सीईओ हर्मित सिङ सेठीले संयूक्त रुपमा उद्घाटन गरे। नेपाल बैंकको सहकार्यमा यो कार्डको थालनी गरिएको हो।
 
 
सो अवसरमा साझा यातायातका अध्यक्ष दीक्षितले नेपालमा नयाँ प्रविधिको सुरुवात गरिएको जानकारी दिँदै नेपालको प्रविधि क्षेत्रमा नौलो आयाम थपिएको उल्लेख गरे।
 
 सो अवसरमा भारतीय नुस्पेका सीईओ सेठीले अन्य विकसित देशहरुमा पनि यो प्रविधि प्रचलनमा रहेको र नेपालमा पनि यसको सुरुवात गराउन पाउँदा आफूलाई खुसी लागेको बताए। 
त्यस्तै नेपाल बैंकका सीईओ शाहले यातायातका क्षेत्रमा थपिएको नयाँ प्रविधि अन्य क्षेत्रले पनि अवलम्वन गर्न सक्ने धारणा राखे। 
 
नयाँ बसपार्क- नारायणगोपालचोक- लगनखेल रुटमा चल्ने बा १ ख २२१७ नं.को बसबाट थालनी गरिएको यो परीक्षणको केही साताभित्रै अन्य साझाका सबै बसहरुमा थालनी गरिने साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार १६ वटै बसहरुमा यो प्रविधि प्रयोग गरिनेछ। 
 
नयाँ बसपार्क- नारायणगोपाल चोक- लाजिम्पाट- शहिदगेट- त्रिपुरेश्वर- लगनखेल रुटमा १० वटा साझा बसहरु संचालनमा छन् भने एयरपोर्ट- गौशाला- शहिदगेट-त्रिपुरेश्वर