भैरहवा- सुनौली नाका हुदै ७ बुलेट ग्यास नेपाल प्रवेश, ३३ वटा बुलेट आउने क्रमजारी

सोमबार भैरहवा नाका हुँदै सात बुलेट ग्यास नेपाल प्रवेश गरेका छन, त्यस्तै सुनौली नाकामा नै ३३ वटा बुलेट आउने क्रममा रहेको छ।
 
सुनौली भन्सार अधिकृत केशवराज ओलीका अनुसार अहिले सम्म ७ वटा बुलेट ग्यास नेपाल प्रवेश गरिसकेको र ३३ वटा पनि प्रक्रिया पुरा गरेर आउने क्रममा रहेको नेपाल आयल निगम भैरहवाले भन्सारमा जानकारी दिएको छ। 
त्यस्तै उनका अनुसार आज नै सोही नाकाका १ गाडी डिजल पनि नेपाल प्रवेश गरेको छ। सेतोपाटीमा समाचार छ ।