काठमाडौं उपत्यकाका विद्यालयहरु खुले

काठमाडौं उपत्यकाका विद्यालयहरु आज बुधबारबाट खुलेका छन् । इन्धन आपूर्तिमा समस्या भएको कारण देखाउँदै निजी विद्यालय र कलेजहरु दशैं अघि नै बन्द छन् ।
विद्यार्थी ओसार्ने गाडीहरु तेल नपाएर चलाउन नसकेको र सार्बजनिक यातायातका साधन पनि निर्वाधरुपमा चल्न नसकेको भन्दै निजी विद्यालय तथा कलेज सञ्चालकहरुले पठन पाठन बन्द गरेका थिए ।
केही सरकारी विद्यालय र कलेजहरुले दशैं विदा लगत्तै पढाइ सुरु गरेका थिए ।