आफूले गरेको भनिएको नाकाबन्दीलाई अझै सशक्त पार्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फेरि आन्दोलनमा उत्रिएको छ। दसैं, तिहार र छठ पर्वलाई सहज पार्दै सरकारसँग वार्ता गर्न थालेको मोर्चा मंसिर ४ गतेदेखि फेरि आन्दोलनमा फर्किने भएको हो।
सरकारसँग परिणाममुखी वार्ता हुन नसकेपछि फेरि आन्दोलनमा फर्किनुपरेको मोर्चाले जनाएको छ। अबको आन्दोलन निर्णायक हुने चेतावनी मोर्चाले दिएको छ। मोर्चाको स्थानीय समितिले बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै नाकाबन्दीसहितको कार्यक्रमलाई प्रभावकारी बनाउने जनायो।
यसपालिको बन्दमा सिटी सफारी, रिक्सा, साइकल, मोटरसाइकल, शैक्षिक संस्था, वित्तीय संस्था, निजी क्षेत्र, यातायात, बजार, सरकारी, अर्धसरकारीलगायत सबै क्षेत्र बन्द गर्ने मोर्चाले जनाएको छ।