सुनौली- भैरहवा नाकाको आपूर्तिलाई करिब एक हप्तासम्म खुकुलो बनाएको भारतीय पक्षले फेरि असहज बनाउन थालेको छ ।
सहज रुपमा क्रमैसँग नेपाल आइरहेको मालबाहक गाडीलाई मध्यान्हपछि धेरैवेरसम्म सिमानामा रोकेर उसले नेपालतर्फ हुने आपूर्तिलाई असहज बनाउन थालेको हो ।
अति न्युन परिमाणमा चाँडै सड्ने खाल्ने खालका बस्तुमात्रै नेपाल आउन भारतीय पक्षले दिएको छ । सिमाक्षेत्रमा खटिएका भारतीय अधिकारीले माथिको आदेश भएको जवाफ दिने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले यस भन्दा अघि एक हप्तासम्म भारतबाट राम्रै संख्यामा मालबाहक गाडी र इन्धनका गाडी आएको र मंगलबार मध्यान्हपछि फेरि असहज बनाएको बताए ।
बुधबार दिनभरिमा आलु, प्याज, फलफूल, अन्य तरकारी, खुद्रा सामानजस्ता सामानका गाडी तिन दर्जनमात्रै नेपाल छाडेको छ । सिमानामा आएका मालवाहक गाडीलाई सिमानामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले रोकेर २५-३० मिनेटको बीचमा एउटाको दरले गाडी छाड्न थालेका छन् । ईकान्तिपुरमा समाचार छ ।