आयल निगमले शुक्रबारदेखि मट्टितेल बिक्री वितरण गर्ने

नेपाल आयल निगमले शुक्रबारदेखि मट्टितेल बिक्री वितरण गर्ने भएको छ । निगमले मौज्दात रहेको मट्टितेल बिक्री वितरण गर्न लागेको प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले जानकारी दिए ।
पहिलो चरणमा १ लाखभन्दा बढी लिटर मट्टितेल वितरण गर्ने निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको अभावमा दाउराको प्रयोग गर्न बाध्य सर्वसाधारणलाई मौज्दात मट्टितेल भए पनि उपलब्ध गराउन वाणिज्य मन्त्रीले निर्देशन दिएपछि निगमले मट्टिटेल वितरण गर्न लागेको हो ।
यसैबीच निगमले बुधबार काठमाडौं उपत्यकामा ४५ हजार लिटर पेट्रोल र २ लाख ८४ हजार लिटर डिजेल वितरण गरेको जनाएको छ ।  इमेजखबरमा समाचार छ ।