इन्धन अभावले पाँचथरका होटल बन्द हुन थालेपछि पर्यटन क्षेत्र प्रभावित

 इन्धन अभावले पाँचथरका होटल बन्द हुन थालेपछि पर्यटन क्षेत्र प्रभावित भएको छ ।
हिउँदयाम सुरु भएसँगै पूर्वको गोसाइकुण्डको नामले प्रसिद्ध तिम्बु पोखरी र ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि जाने पर्यटक अत्यन्तै कम मात्र आउने गरेका छन् ।
अघिल्ला वर्षहरुमा हिउँद लागेपछि सदरमुकाम फिदिममा पर्यटकको भीड लाग्ने गरेको थियो । तर यसवर्ष सिजनमा पनि सुनसान जस्तै रहेको पर्यटन व्यवसायी बताउँछन् ।
पर्याप्त इन्धन नहुँदा सवारी कम चल्ने र आएका पर्यटकलाई पनि दाउरामा पकाएर सेवा दिनु पर्दा ढिला हुने गरेको होटल व्यवसायीको गुनासो छ । होटल व्यवसायीहरुले होटलको भाडा, कर्मचारीलाई तलव र बैंकको किस्तासमेत बुझाउन धौ