सरकारले १४ जना सचिवको सरुवा गरेको छ । आज गरिएको सरुवा अनुसार गृहमन्त्रालयमा नारायण गोपाल मलेगोलाई ल्याइएको छ भने सूर्य सिलवाललाई भूमिसुधारमा लगिएको छ ।
यस्तै रमेशकुमार शर्मालाई महालेखा नियन्त्रकको कार्यालयमा लगिएको छ भने लोकदर्शन रेग्मीलाई अर्थमा, सुमन शर्मालाई उर्जा मन्त्रालयमा लगिएको छ । यस्तै दिपेन्द्रनाथ शर्मालाई र विजय मल्लिकलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी लक्ष्मण मैनालीलाई खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ भने उदयचन्द्र ठाकुरलाई वनमा, मधु रेग्मीलाई महिला तथा बालबालिका मन्त्रालयमा सरुवा गरिएको छ ।
ईश्वरी पौडेललाई शान्ति मन्त्रालय, धनबहादुर तामाङलाई उर्जा आयोगमा, राजेन्द्र किशोर क्षेत्रीलाई उपराष्ट्रपतिको कार्यालय र शरदराज विष्टलाई सूचना आयोगमा सरुवा गरिएको छ । इमेजखबरमा समाचार छ ।