९८ औं दिनमा तराईका विद्यालय खुले, चिसो र शितलहरको त्रास

चौतर्फी आलोचना र दबाबपछि मधेसी मोर्चाले तराईका जिल्लाहरुमा बन्द बिद्यालय खोल्ने निर्णय गरेको छ ।
तर, जाडोको समयमा विहान विद्यालय खोल्न दिने मोर्चाको निर्णय अब्यवहारिक भएको भन्दै सरोकारवालाले दिउँसोमा विद्यालय संचालनको वातावरण बनाइदिन आग्रह गरेका छन् ।
मधेसी मोर्चाले आन्दोलनको ९८ आंै दिनमा बिद्यालय खोल्न दिने निर्णय संगै अहिले तराईमा लामो समयदेखि बन्द रहेका बिद्यालयहरु खुलेका छन् ।
जाडो यामसँगै मधेसमा चल्ने शीतलहरमा बच्चाहरू बिहानी सत्रमा आउन नसक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मोर्चाले बिहान ७ बजेदेखि ११ बजेसम्मको लागि मात्र बिद्यालय खोल्ने निर्णय गरेको छ । यो बर्ष भूकम्प, वर्षे बिदा, दसैंतिहार र छठका कारण ७ महिनामध्ये झन्डै ५ महिना बिद्यालय प्रभावित भइसकेको छ । इमेजखबरमा समाचार छ ।