धान भित्र्याउने र गहुँ छर्ने समयमा थ्रेसर र जोत्ने ट्रयाक्टरमा प्रयोग गर्न डिजेल, पेट्रोलको अभाव हुँदा सिन्धुलीको कमलाखोंच र मरिण क्षेत्रका किसान समस्यामा परेका छन् ।
कमलाखोंचका रानीबास, दुधौंली, सिथौंली तथा मरिणखोला क्षेत्रको कपिलाकोट, महेन्द्रझ्याडी र चदाहा क्षेत्रका किसानले ईन्धन अभावले पाकेको धान थ्रेसरको प्रयोग गरी थन्क्याउन पाएका छैनन् ।
युवा जति विदेश पलायन भएकाले धान भित्र्याउन खेतालासमेत नपाईने तथा आधुनिक कृषि उपकरण थ्रेसर प्रयोग गर्न ईन्धन नहुँदा कृषक मारमा परेका हुन् । इमेजखबरमा समाचार छ ।