सप्तरी तनावग्रस्त, फेरि गोली चल्यो दुई जनाको मृत्यु

सप्तरीको भारदह र रुपनीमा गए राती भएको झडपमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनि गरेका छन् । यस्तै रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल आधा भत्काइदिएका छन् । कान्तिपुरमा समाचार छ । 
जिल्ला प्रहरी प्रमुखको गाडीमा आगजनि गरी भागेका प्रदर्शनकारी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लुकेको सूचनाको आधारमा थप बल सहित आएको प्रहरीले अस्पताल हातामा प्रवेश गरी जथाभावी लाठी चार्ज गरेको अस्पतालका असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट टेकनारायण मण्डलले बताए । उनको अनुसार प्रहरीको लाठी प्रहार तथा कुटपिटका कारण अस्पतालका ल्याब टेक्निसियन विश्वनाथ मण्डल लगायत अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट र अहेवहरु घाइते भएका छन् । यस्तै केही बिरामीका कुरुवा पनि घाइते भएका छन् ।
यस्तै आक्रोसित प्रदर्शकारीले सुन्दरी खोलाको पुललाई आधीभन्दा बढी भत्काइदिएका छन् । पुल भत्काउन थालेपछि थप दलबल सहित पुगेको प्रहरीले लाठी चार्ज गर्न थालेपछि त्यहाँ भएको झडपमा आधा दर्ज प्रदर्शनकारी घाइते भएका छन् । अब उक्त पुलबाट 
सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ ।
शनिबार अबेर राति प्रहरीले एर्स्किङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरी माथि अन्धकारमा अन्धाधुन्द ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् ।
स्थानिय प्रशासनले साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सप्तरी प्रहरी प्रमुख ढाकालका अनुसार पटकपटक माइकिङ गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरिएको थियो । लगभग २५ सयको संख्यामा रहेका प्रदर्शनकारीहरु हट्ने कुनै संकेत नपाएपछि प्रहरीले सामान्य बल प्रयोग गरि राजमार्ग खुलाउन खोजेको थियो । 
लाठि, मुग्रा बोकेरा आएका माथि हामीले सामान्य बल प्रयोग गरेपछि प्रदर्शनकारीबाटै भारदह क्षेत्रमा अन्धकारमा गोली फायर हुन थाल्यो । त्यसपछि हामीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गर्न थालेका थियौं, उनले भने, त्यहाँ भएको घटना क्रश फायरमा परि भएको हो । हाम्रो तर्फ पनि २५ जना घाइते छन् । २ जनाको स्थिति गम्भिर छ ।
उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा