भारतको नाकाबन्दीका कारण ईन्धन अभाव र निर्माण सामग्रीको भाउ बढेपछि ताप्लेजुङका आगलागी पीडित झनै मारमा

भारतले गरेको अघोषित नाकाबन्दीका कारण ईन्धन अभाव र निर्माण सामग्रीको भाउ बढेपछि ताप्लेजुङका आगलागी पीडित झनै मारमा परेका छन् ।
जग्गा विवादका कारण आगलागी भएको लामो समयपछि मात्र बल्ल निर्माण सुरु गरेका उनीहरुले नाकाबन्दीका कारण निर्माण सामग्री सहज रुपमा पाउन नसक्दा मारमा परेको बताए ।
जग्गा समस्या समाधान गरी निर्माण सुरु गरेको केही दिनमै नाकाबन्दी र अभाव सुरु भएपछि घर बनाउन चाहिने ईट्टा, रड, सिमेन्ट, गिट्टी, बालुवालगायत सामग्री खरिद गर्न समस्या भएको हो ।
९५० रुपैयाँ प्रतिबोरामा पाइने सिमेन्ट अहिले १२ सय तथा प्रतिट्याक्टर पाँच हजारमा पाइने बालुवालाई सात हजार पर्न थालेको भन्दै उनीहरुले दुखेसो गरेका छन् ।
गत वर्ष चैत ९ मा सदरमुकाममा भएको आगलागीमा ४० घर जलेर ध्वस्त भएको थियो । इमेजखबरमा समाचार छ ।