प्रधानमन्त्री केपी ओलीद्धारा आन्दोलनका नाममा योजनाबद्धरुपमा हिंसा बढाउने काम भइरहेको आरोप

प्रधानमन्त्री केपी ओलीले आन्दोलनका नाममा योजनाबद्धरुपमा हिंसा बढाउने काम भइरहेको आरोप लगाएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनका नाममा नेपाली जनतालाइ दुःख दिने काम भएको बताए ।
मधेस र पहाडको नाममा विभेद बढाएर साम्प्रदायिक हिंसा भड्काउने काम भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा महासंघकी अध्यक्ष शर्मिला कार्कीले नाकाबन्दीका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको भन्दै शीघ्र निकासका लागि अघि बढ्न प्रधानमन्त्रीलाइ आग्रह गरेकी थिइन् । इमेजखबरमा समाचार छ ।