मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा ७० भन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन् ।
प्रहरीले स्कर्टिङ गरेर सप्तरीको कञ्चनपुरदेखि भारदहसम्म लान लागेका सबारी साधनमाथि मोर्चा कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।
तोडफोडबाट गाडीका सीसा फुटेका छन् भने केही यात्रुसमेत घाइते भएका छन् । मोर्चाको कार्यकर्ताले सोमबार नै राजविराजमा को ३ प ३१३६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् भने गजेन्द्र चोकमा रहेको राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा समेत तोडफोड गरेका छन् ।
तोडफोडबाट बैंक रहेको भवनका सीसा फुटेका छन् । यसैबीच, मोर्चाका कार्यकर्ताले राजबिराज नगरपालिका-५ स्थित जिल्ला भू-संरक्षण कार्यालयमा समेत आगजनी गरेका छन् । आगजनीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजात र फर्निचरहरु जलेर नष्ट भएका छन् । इमेजखबरमा समाचार छ ।