निजी क्षेत्रले तराई क्षेत्रको बन्द, हडताल र भारतीय अघोषित नाकाबन्दीले औद्योगिक क्षेत्र तहस-नहस हुन लागेको भन्दै यसतर्फ गम्भीर हुन सरकार र सरोकारवालासमक्ष आग्रह गरको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकारले संघीयताको विवादसँगै मुलुक नै द्धन्द्धमा फस्दै गएको भन्दै यस्तै हो भने तत्कालका लागि संघीयता नै स्थगन गरेर अगाडि बढ्नुपर्नेसम्मको सुझाब दिए ।
महासंघ, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आन्तरिक राजश्व विभागको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा भएको विद्यमान परिस्थितिमा अर्थतन्त्रमा परेको असरसम्बन्धी अन्तरक्रियाका अवसरमा मुरारकाले उक्त सुझाब दिएका हुन् ।
तीन महिनाभन्दा बढी समयदेखि यही विवादले मधेस बन्द हुँदा दुई हजार दुई सयभन्दा बढी उद्योगहरु बन्द रहेको भन्दै मुरारकाले संघीयताको विषयमा नै सोच्नुपर्ने भएको उल्लेख गरे ।
मुरारकाले महासंघअन्तर्गतका जिल्ला तथा नगर उद्योग संघबाट पनि यही सुझाब आएको भन्दै यो विषयमा पछि फेरि छलफल गरेर अगाडि बढ्न उपयुक्त हुने बताए ।
कार्यक्रममा उद्योगी-व्यवसायीले तराई आन्दोलन र नाकाबन्दीले आफूहरुलाई उठ्नै गाह्रोपर्नेसम्मको अवस्था आउन लागेको भन्दै दुःखेसो पोखेका थिए ।
अहिलेकै जस्तो खराब स्थिति कायम रहे