बढी भाडा असुल्ने सवारीलाई कारबाही

बढी भाडा असुल्ने सवारीलाई विभागले मंगलबार पनि ८ गाडीलाई ५ हजार रूपैयाँका दरले जरीवाना गरेको छ। उपत्यकाबाट छोटो तथा लामो दुरी चल्ने यातायातको साधनले यात्रुसँग मनपरी भाडा असुलेको गुनासो आएपछि यातायात व्यवस्था विभागले कारबाही सुरू गरेको हो। सोमबारदेखि सुरू गरेको अनुगमनमा विभागले कारबाही प्रक्रिया जारी राखेको छ।