अनिश्चितकालीन मधेश बन्द र नाकाबन्दीका कारण महोतरी जिल्ला अस्पतालसहित ग्रामिण भेगमा सञ्चालित सम्पूर्ण सरकारी अस्पतालमा बालबालिकालाई दिइने खोप र औषधिको अभाव भएको हो।
बन्द, आमहडताल र नाकाबन्दीका कारण सडकमा सार्वजनिक यातायातका सवारी साधन नचल्दा विसिजी, टीपीटी खोप, पोलियो थोपाको औषधी, भिटामिन ए र जुकाको औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय महोतरी बालस्वास्थ्य शाखाले जनाएको छ।
बालबालिकालाई दिईने खोप र औषधिको अभावका कारण १ लाख १० हजार बालबालिका प्रभावित भएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी मोर्चाले संयुक्त रुपमा विगत एक सय एक दिनदेखि निरन्तर जारी राखेको मधेश बन्द र ६१दिन देखि गरेको नाकाबन्दीका कारण महोतरी जिल्ला अस्पताल जलेश्वर तथा बर्दिवास अस्पतालसहित ५ वटा प्राथमिक स्वास्थ्य केन्