बाबुराम भट्टराईद्धारा देशभरी आफ्नो नयाँ शक्ति संगठन विस्तार

नयाँ शक्ति निमार्ण अभियानको उद्घाटन पश्चात पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले देशभरी आफ्नो संगठन विस्तारका निम्ति जातीय मोर्चा सहितको ११ सदस्यीय संयोजक रहेको कमिटी गठन गरेका छन्। कमिटीको संयोजक  भने डा.भट्टराई आफैं भएका छन l  
 
भट्टराईको नयाँ संगठन माओवादीको भूमिगत संगठन जस्तै छ। अहिले संघीयताको ७ प्रदेशको जातीय नाम तोकी भट्टराईले सबै प्रदेशको संयोजक तोकेका छन्। यसबाहेक उनले छुट्टै जातिय मोर्चाका संयोजक समेत तोकेका छन्। यसको जिम्मा पार्टी नेता रामकुमार शर्माले लिएका छन्। मधेस आन्दोलनबाट उदाएका नेता शर्मा पछि एमाओवादीमा प्रवेश गरेका थिए।
    
११ जनाको कमिटीमा एक मात्र महिलाको रुपमा भट्टराई पत्नी हिसिला यमी मात्र छिन्। उनलाई अन्तराष्ट्रिय संयोजकको जिम्मेवारी दिइएको छ।
 
प्रदेशको जातीय नामाकारण गरेका भट्टराईको समितिमा दुइ नेवार, दुइ क्षेत्री, एक जनजाती, दुइ मधेसी ब्राह्मण, र पाँच पहाडी ब्राह्मण रहेका छन l अहिलेको कमिटीमा दलितको सहभागिता छैन l
 
यस्तो नयाँ शक्ति अभियानको कमिटी:    
केन्द्रीय संयोजक    –    डा. बाबुराम भट्टराई
किराँत