पेट्रोल पम्प र अन्य क्षेत्रमा उपभोक्ता ठगिँदै, सरकार लगभग बेखबर

पेट्रोल पम्पको मेसिनमा विभिन्न प्रविधि जडान गरी तेलको मात्रामा सर्वसाधरणलाई ठगी गर्ने सात जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिजिटल र म्यानुअल दुबै थरी पम्पबाट तेलमा ठगी गरिएको सूचनाका आधारमा प्रहरीले छापा मार्ने क्रममा यस्तो तथ्य फेला परेको हो ।
महानगरीय अपराध महाशाखाले छापा मार्ने क्रममा काठमाडौं, भक्तपुर र ललितपुरको १३ वटा पम्पले ठगी गरेको पाइएको हो । महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार न्यू पुष्पान्जली जयबागेश्वरी,  राजधानी चाबहिल,  पुजाकोठी नयाबसपार्क,  दिब्या सामाकोशी, भक्तपुर फूयूल सेन्टर,  बंगलामुखी सानो भरयाङ, क्रिस्टल बालाजु, त्रिशक्ति सानेपा, युनिक बालकुमारी, महालक्षमी चापागाउ,  गायत्रीदेवी एकान्तकुना, प्रविण आयल गठ्ठाघर र  कामख्य कोटेश्वरमा उपभोक्ता गठी गर्न उपकरण जडान गरको पाइएको हो । उक्त पम्पहरुमा प्रहरीले सिल लगाएको छ । प्रहरीले १८ वटा पम्पमा छापा  हानेको थियो ।
ठगी गर्ने पम्पमध्ये गायत्रीदेवी, महालक्ष्मी, युनिक, त्रिशक्ति, क्रिस्टल, भक्तपुर, बंगलामुखीका सञ्चालकलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक रमेश थापाले बताए ।
पाँच लिटर हाल्दा २ सय एमएल कमी हुने प्रविधि जडान गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।  बिगत २० वर्षदेखि ठगी गर्दै आएको देखिन्छ, थापाले भने,  डिजिटल मेसिन जडान गरेको पम्पले रिमोट सिम्टमबाट ठगी गरेको पायौ । म्यानुअल पम्पमा सिंगल दाँती हुनु पर्ने लेथमा राखेर डबल दाँती बनाएर ठगी गरेको पाइएको उनले बताए ।
प्रहरीले कम तेल दिन मिल्ने प्रविधि जडान गर्ने प्राविधिकलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको हो । ईकान्तिपुरमा समाचार छ ।