चुरे भावर प्रदेश कायम गर्न माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा प्रर्दशन

सरकारसँग भएको सहमतिअनुसारको चुरे भावर प्रदेश कायम गर्न माग गर्दै चुरेभावर पार्टीले विहीबार रौतहटको चन्द्रनिगाहपुरमा प्रर्दशन गरेको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टीले २०६४ सालमा तत्कालीन सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयनको माग राख्दै बृहत प्रर्दशन गरेको हो ।
भारतीय नाकाबन्दी खारेज गर, जातीय सद्भाव कायम गर, चुरे भावर प्रदेश कायम गर, जस्ता नारा लगाउँदै चन्द्रनिगाहपुरमा प्रर्दशन गरिएको थियो ।
सो पार्टीले महोत्तरीको बर्दिबासदेखि बाराको पथलैयासम्म आन्दोलन गर्ने चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रि न्यौपानेले बताए ।
चुरे भावर क्षेत्र समेटेर छुटै प्रदेश दिने सम्झौता तत्कालीन सरकारले गरेको र नयाँ संविधानमा उक्त कुरा उल्लेख नभएकाले संविधान संशोधनमार्फत् कायम हुनुपर्ने न्यौपानेको भनाइ छ ।
एक सातादेखि चुरे भावरको प्रदेशको माग राख्दै उक्त पार्टी आन्दोलित हँुदै आएको छ । इमेजखबरमा समाचार छ ।