नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हाल मुलुकमा देखिएको समस्या केहि दिनमै समाधान नभए निजी क्षेत्रले एक देश एक प्रदेश माग गर्ने बताएका छन् ।
विहीबार हामीसँग कुरा गर्दै अध्यक्ष मुरारकाले तराई-मधेसको आन्दोलनले मुलुकको अर्थतन्त्र चौपट भएको र यसले मुलुकलाई असफल राष्ट्र बनाउन सक्ने भन्दै एक देश एक प्रदेशको माग गर्ने बताए ।
तराई-मधेसमा देखिएको समस्या समाधानमा सरकार र आन्दोलनरत पक्ष जिम्मेदार भएर प्रस्तुत हुनुपर्ने, भन्दै उनले देश रहे मात्रै हामी रहने बताए ।
भूकम्प र तराई आन्दोलनले मुलुकको आर्थिक बृद्धि हालसम्मकै न्यून हुने प्रक्षेपण सरकारले गरिसकेको छ ।
राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पनि यस आन्दोलनले सबैभन्दा बढी उद्योग क्षेत्र प्रभावित भएको र यस क्षेत्रको बृद्धिदर ऋणात्मक हुने देखिइसकेको छ । इमेजखबरमा समाचार छ ।