प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् ।
आफ्नै सरकारी निवास बालुवाटारमा शुक्रबार प्रेस काउन्सिल नेपालको ज्ञापनपत्र बुझ्दै ओलीले सामाजिक सद्भाव भड्कनेतिर सचेत हुन आग्रह गरे ।
उनले मुलुकलाई अगाडि बढाउन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समाजिक सद्भाव बिथोल्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे । राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको भन्दै ओलीले राष्ट्रिय एकताको लागि एक हुन आह्वान गरे ।
ओलीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै सही सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भने मिडिया अनुगमनका लागि काउन्सिलसँग बजेटको अभाव भएको भन्दै १ करोड ४० लाख बजेट उपलब्ध गराउन माग गरे । उनले सामाजिक सञ्जालका कारण समाचार अतिरञ्जित हुने गरेको समेत बताए । इमेजखबरमा समाचार छ ।