पाल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

पाल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तानसेनबाट गोठबी जाँदै गरेको जीप ढडेवा गाविस- ७ दौवीरमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाल्पाका टेकबहादुर खाम्चा, रमादेवी गाहा र खड्कबहादुर चवान रहेका छन् । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेकाले जीप दुर्घटना भएको स्थानीयबासीले बताएका छन् । जीप सडकबाट तीन सय मिटर तल खसेका थियो । इमेजखबरमा समाचार छ ।