अनिश्चितकालका लागी आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुद्धारा बाहिरै बसेर बिरामीको उपचार

अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागी बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबार देखि बाहिरै बसेर बिरामीको उपचार गरिरहेका छन् ।
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चार जना डाक्टरहरुले अतिरिक्त भत्ता लगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै अनिश्चितकालका लागि आइतवार देखि बहिरङ्ग सेवा ठप्प पारेका हुन् ।
बिरामीहरुलाई मर्का नपरोस भन्दै उनीहरुले बिरोध स्वरुप बाहिरै टेबुल लगाएर उपचार गर्न लागेको मेडिकल अधिकृत डा. हरि शर्माले बताए ।
पटक-पटक  मेडिकल सुपरिन्टेन्डेन्ट समक्ष आफ्ना माग बारे लिखित पत्र दिए पनि मागबारे वेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।
मेडिकल अधिकृत डा.महेश शाह, निलम शाह, हरि शर्मा र योगेश भट्ट आन्दोलनमा उत्रेको र डाक्टरहरुका मागका बिषयमा सम्बन्धीत निकाय समक्ष पुर्‍याइसकेको अस्पताल प्रशासनले जनाएको  छ । इमेजखबरमा समाचार छ ।