विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । एड्सको महामारीको अन्त्य, दिगो विकासको लक्ष्य भन्ने मूल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईंदै छ ।
एचआईभी र एड्स नियन्त्रण तथा रोकथाममा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।
नेपालमा २९ हजार २१४ मानिस एचआईभीको संक्रमणमा रहेको अनुमान छ । जसमा २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।
नेपालमा ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका माध्यमबाट हुने गरेको बताइन्छ ।
विश्व एड्स दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पुर्याई सबै संक्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले औषधी उपचार सेवा एन्टिरेट्रोभाइरललाई विस्तार गर्दै संक्रमण देखिएका सबै संक्रमितको घरदैलोमा पु