कांग्रेसद्धारा संविधानसभाबाट जारी नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै त्यसको विरोध गर्नुको औचित्य नभएको भनाइ

नेपाली कांग्रेसका शीर्ष नेताहरुले संविधानसभाबाट जारी नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै त्यसको विरोध गर्नुको औचित्य नभएको बताएका छन् ।
कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको चौंथो स्मृतिमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले विश्वमै उत्कृष्ट समावेशी संविधान बनेको र संविधान पढ्दै नपढी त्यसको विरोध भइरहेको बताएका हुन् ।
संविधानमा रहेका केही अस्पस्टता हटाउन कांग्रेस सरकारले नै संशोधन विधेयक दर्ता गराएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेपालको संविधान विश्वका लागि समावेशीको नमूना हुने दाबी गरे ।
यस्तै, कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधान उत्कृष्ट भएपनि केही अस्पस्टता रहेकाले कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संशोधन विधेयक अघि बढाए मधेसको समस्या हल हुने दाबी गरे ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली कांग्रेस सरकारमा आउन तयार भए आफूहरु मन्त्री पद छाड्न तयार हुने बताए । इमेजखबरमा समाचार छ ।