भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको आन्तरिक समस्या चाडो समाधान गर्न सुझाव दिएकी छिन ।
भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासँगको भेटवार्तामा विदेश मन्त्री स्वराजले नेपालको समस्या राजनीतिक भएकोले राजनीतिक तरिकाले नै छिटो समाधान गर्न सुझाव दिएकी हुन ।
उनले नेपालमा भारतले कुनै आपूर्तिमा अवरोध नगरेको दोहोर्याउँदै नेपालको समस्या समाधान भए सबै विषय सहज हुने धारणा राखेकी थिईन । रिपोर्टरस नेपाल